समाज

तनहुँमा दुर्घटना, तीनको मृत्यु, छ घाइते

असार १२, २०७५

    तनहुँ : पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादी नजिकै पुलमा मंगलबार मोटरसाइकल र भ्यान र बस एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्।

    मोटरसाइकलका चालक तनहुँको आँबुखैरेनी गाउँपालिका ४ का २६ वर्षीय दिलबहादुर मगर, पर्वतको कुस्मा नगरपालिका ९ की वर्षीया पार्वती लामिछानेकी छोरी तीन वर्षीया ममता लामिछाने र सनाखत हुन नसकेका २७ वर्षका एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

    पर्वतको कुस्मा नगरपालिका ९ की ३० वर्षीय पार्वती लामिछाने, कुस्माकै २४ वर्षीय गुरुदत्त तिवारी, पर्वतको खुर्कोटकी ३९ वर्षीया सीतादेवी चालिसे, नवलपरासीको सुस्ता १ का ३५ वर्षीय आनन्द तिवारी, भरतपुर महानगरपालिका ६ का २० वर्षीय सरु पाठक घाइते भएका छन् ।

    आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३१७३ नम्बरको बस, विपरित दिशाबाट जाँदै गरेको बा १७ च १८१४ नम्बरको भ्यान र सोही दिशाबाट जाँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाईकल ठोकिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घाइतेको गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ। घाइते मध्ये एकजनाको अवस्था सामान्य भएकोले डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]