समाज

कञ्चनपुरका चार विद्यालयको एसइइमा उत्कृष्ट नतिजा

असार १२, २०७५

    कञ्चनपुर : एसइइ परीक्षामा कञ्चनपुरको इन्टरनेशल पब्लिक स्कुल, प्रभात विद्या निकेतन, सनराइज पब्लिक स्कुल र लिटिल बुद्धका विद्यार्थीले ३.९ जिपिए अंक ल्याएका छन्। इन्टरनेशनका तीन र अन्य विद्यालयका एक/एक विद्यार्थीले जिल्लामा उत्कृष्ट जीपिए ल्याएका हुन्।

    इन्टरनेशनलका अनुज पन्त, अनुप अवस्थी र विमला भट्टले ३.९ जिपिए ल्याएका छन्। इन्टरनेशनबाट ४७ जनाले ए-प्लस जिपिए ल्याएका छन्। विद्यालयका प्रबन्ध निर्देशक महाशर्मा न्यौपानले प्रदेश ७ मा इन्टरनेशनलबाट सबैभन्दा बी जिपिए अंक ल्याएर विद्यार्थी उत्तीर्ण भएको बताए। परीक्षामा उत्कृष्ट नतिजा ल्याएर इन्टरनेशनले पाँच वर्षदेखि क्षेत्रीय शिल्ड हात पार्दै आएको छ।

    प्रभात विद्या निकेतनका उमेश पन्तले ३.९ जीपिए अंक ल्याएका छन्। उनी यसअघि प्रभातबाट नेपाल तेस्रो भएका वेदप्रकाश पन्तका भाइ हुन्।  लिटिल बुद्ध एकेडेमीका मुकुन्दराज जोशीले पनि ३.९ जिपिए हासिल गरेका छन्। यसैगरी सनराइजकी अस्मिता शाहीले ३.९ जिपिए ल्याएकी छन्।

    गत चैतमा भएको परीक्षमा नियमतितर्फ १० हजार ७८ र एक्जामेटमा ६२६ जनाले परीक्षा दिएका थिए।

    पहिलो वर्ष नै उत्कृष्ट नतिजा

    यसैबीच भीमदत्त नगरपालिकाको तुमडानीस्थित वाटिका इन्टरनेशनल पब्लिक स्कुलले पहिलो वर्षमा अपेक्षित नतिजा हासिल गरेको छ। विद्यालयका सातजना 'एक प्लस', नौ जना 'ए' र एकजना 'बि प्लस' उत्तीर्ण भएका छन्।

    विद्यालयका निमेश विष्टले सबैभन्दा बढी ३.७१ जिपिए अंक हासिल गरेका छन्। विद्यालयका शिक्षक उमेश जोशीले पहिलो वर्ष अपेक्षित नतिजा हासिल गरिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]