अर्थ

कावेली कोरिडोर निर्माणमा ढिलाइ, पूर्वी पहाडमा उत्पादित विद्युत उपयोगविहीन

असार १२, २०७५

    इलाम : चार वर्षअघि नै सम्पन्न गर्नुपर्ने कावेली कोरिडोर निर्माण हुँदा पूर्वी पहाडका ३ जिल्लामा उत्पादित विद्युत खेर गइरहेकाे छ। १३२ केभी प्रसारण लाइन आयोजनाको काम सकिन अझै केही महिना लाग्ने भएपछि इलाममा उत्पादित ८० मेगावाट बढी विद्युत ३३ केभी लाइनबाट १३२ मा जोड्न समस्या पर्ने भएको छ। अहिले बल्ल नयाँ ट्रान्सफर्मर जडान गरिँदैछ।

    झापा लखनपुरदेखि पाँचथर अमरपुरसम्मको प्रसारण लाइनको पहिलो खण्डको काम सकिए पनि फिदिम थापाटारसम्मको दोस्रो तथा थापाटारदेखि अमरपुरसम्म तेस्रो खण्डको काम सकिन असोज महिनासम्म लाग्ने बताइएको छ। आयोजनामा भएको ढिलाइले पाँचथर र ताप्लेजुङमा निर्माण भएका विभिन्न आयोजनामा उत्पादित विद्युत खेर जाने अवस्था बनेको छ।

    विभिन्न आयोजना बनेपछि इलाममा उत्पादन भएर आयोजनाको गोदकस्थित सवस्टेसन हुँदै राष्ट्रिय प्रसारणमा जाने विद्युत बढी भएपछि ६० एमविएको नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने भएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए। यसअघि ३० एमविएको ट्रान्सफर्मर थियो। झापाको दमकदेखि इलाम हुँदै पाँचथरको अमरपुरसम्म निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना पूर्वको सबैभन्दा ठूलो विद्युत परियोजना हो।

    पूर्वी नेपालको ‘ड्रिम प्रोजेक्ट’ मानिएको काबेली कोरिडोरले प्रदेश १ का करिब ५१ लाख नागरिकलाई ज्योति प्रदान गर्न सक्छ। भौतिक निर्माणको कामलाई तीन वटा पार्टमा विभाजन गरिएको छ। ट्रान्समिसन लाइन निर्माण, चार वटा सवस्टेसन निर्माण र ग्रामीण विद्युतीकरण आयोजनाका कार्यक्रम रहेको उनले बताएका छन्। उनका अनुसार सवस्टेसन निर्माण कार्य पूरा भएको छ।

    ३३ केभी लाइनमार्फत २७ देखि २८ मेगावाट विद्युत आइरहेको र बढी भार खेप्न नसक्ने भएकाले थप क्षमताको ट्रान्सफर्मर जडान गर्न लागिएको द्विवेदीले बताए। सन् २०११ मा ठेक्का सम्झौता भइ काम सुरु भएको कावेली कोरिडोर १३२ प्रसारण लाइन आयोजना २०१४ सम्ममा सकिसक्नुपर्ने भए पनि अझै बनिसकेको छैन।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]