काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
चितवन : चितवनमा घुमुवा प्रहरीको नाममा एक महिलामाथि बलात्कार भएको खुलासा भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाका अनुसार सो घटनामा संलग्न रहेको अराोपमा कालिका नगरपालिका ३ का प्रितम थिङलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएकाे छ।
असार ७ गते बिहान करिव २ः३० बजेको समयमा पूर्वी चितवनकी एक महिलालाई सोधपुछका नाममा जंगलमा लगेर बलात्कार गरेको पीडितलाई उद्यृत गर्दै खतिवडाले जानकारी दिए। प्रक्राउ परेका अाराेपित थिङलाई अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत चितवन पुर्याई दोस्रो पटक म्याद थप गरिएपछि बलात्कारकाे घटना सार्वजनिक भएको हो।
प्रहरीका अनुसार घुमुवा प्रहरी भन्दै असार ६ गते राति १२ बजे मोटरसाइकलमा दुई व्यक्ति पीडितको घर पुगेका थिए। दुवैले सोधपुछ छ भन्दै पीडित महिलाका श्रीमानलाई मोटरसाइकलमा हालेर घर बाहिर लगेर कुटपिट गरेका गरेका थिए। उनीहरू पुनः पीडितको घरमा फर्किएर बच्चासहित महिलालाई पनि लिएर गएको प्रहरीले जनाएको छ। जंगलमा पुगेपछि मुद्दा मिलाई दिन्छु भनेर महिलासँग पैसा मागेकाे बताइएकाे छ। पीडित महिलाले पैसा दिन नसक्ने बताएपछि बलात्कार गरेको जनाइएको छ। बलात्कारपछि बच्चालाई घरमा ल्याएर छाडी उनीहरू फरार रहेकाे जनाइएकाे छ। असार ८ गते एकजना पक्राउ परे पनि अर्का आरोपी फरार रहेको प्रहरी खतिवडाले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।