खेलकुद : विश्वकप फुटबल २०१८

फ्रान्स र डेनमार्क : बराबरी खेलेर दुवै नकआउट चरणमा

असार १२, २०७५

    विश्वकप को समूह सी मा रहेका फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन्। यी दुई टीमले समूह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेर अन्तिम १६ मा प्रवेश गरेका हुन्। 

    यो समूहमा फ्रान्सको यसअघि नै ६ अंक थियो भने डेनमार्कको ४ अंक थियो। फ्रान्सलाई अघिल्लो चरण पुग्न सहज भएपनि डेनमार्कलाई कम्तिमा बराबरी खेल्नुपर्ने बाध्यता थियो। र नतिजा पनि त्यस्तै आएको छ। 

    यसमा फ्रान्स समूहको विजेता भएर अन्तिम १६ मा पुगेको छ भने डेनमार्क उपविजेता भएर। 

    यी दुई देशले नकआउट चरणमा समूह डी को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। समूह डी को अन्तिम खेल आजै हुन लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]