छापा

गुप्तचर अधिकृतबीच दरबारमार्गमा मुक्का हानाहान

असार १३, २०७५

    काठमाडौं : दरबारमार्गस्थित रोयल साईनो रेष्टुराँमा आतबार साँझ राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ। 

    दुई समूहमा विभाजित अधिकृतबीच मुक्का प्रहार र हात हालाहालसमेत भएको थियो। प्रहरी नायवब उपरीक्षक उपअनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक सहअनुसन्धान निर्देशकमा बुढवा हुने विषयमा दुई समूहबीच ठूलै विवाद भएपछि हाल हालाहालको स्थिती भएको हो। स्रोतका अनुसार उपअनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमल्सिनाको समूहबीच हात हालाहाल भएको खबर नेपाल समाचारपत्र दैनिकमा छ।  

    ‘आइतबार साँझको घटना हो’ स्रोतले भन्यो ‘त्यो साँझ पनि सँधैझै हाम्रो नियमित जमघट थियो, मादक पदार्थ सेवन गर्न थालेपछि सरहरुले बढुवाको कुरा निकाल्न थाल्नु भयो, बुढुवामा तभन्दा म नै योग्य छु भन्दै हात हालाहाल भएको हो।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]