खेलकुद : विश्वकप फुटबल २०१८

गर या मरको अवस्थामा जर्मनी, ब्राजिललाई पनि दबाब

असार १३, २०७५

    विश्वकप फुटबलमा बधुबार पनि चार खेल हुनेछन्। समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका लिग खेल हुन लागेका हुन्। समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्को चरणमा उक्लिने होडमा रहेका छन्।

    बुधबार बेलुका पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन भिड्नेछन्। दुई खेलबाट ६ अंक जोडेको मेक्सिकोलाई स्विडेन विरुद्धको खेल बराबरी गरे पुग्नेछ। उता ३ अंक जोडेको स्विडेनलाई भने यो खेल जित्नैपर्ने दबाब छ। समूहमा एक जित र एक हारका साथ ३ अंक जोडेको जर्मनीलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ।

    दक्षिण कोरियासँग बराबरीमा रोकिएको अवस्थामा भने जर्मनीलाई राउण्ड अफ सिक्सटिनमा पुग्न अर्को खेलमा स्विडेन हार्नैपर्ने हुन्छ। विश्वकप फुटबलको समुह ई मा बुधबार ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिका भिड्नेछन् । यो समुहमा ब्राजिल र स्विटजरल्याण्डको ४–४ अंक छ भने सर्वियाको ३ अंक छ।
    अर्को चरणमा उक्लिन ब्राजिललाई यो खेल कम्तिमा बराबरी गर्नुपर्नेछ भने सर्वियालाई जित्नैपर्ने दबाब छ। उता स्विट्जरल्यान्डले पनि कोष्टारिका विरुद्धको खेल बराबरी गरेको खण्डमा राउन्ड अफ सिक्सटिनमा छनौट हुने छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]