सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
कञ्चनपुर : थोरै मिहिनेतमा धेरै उत्पादन लिन सकिने भएपछि कञ्चनपुर, बेलौरीका किसानले छरुवा धान खेती प्रविधि अपनाउन थालेका छन्। जलवायु परिवर्तनका कारण समयमै वर्षा नहुँदा रोपाइँ गर्न ढिलो भै उत्पादनमा ह्रास आउने समस्याबाट छुटकारा पाउनका लागि किसानले छरुवा धान खेती प्रविधिलाई अपनाएका हुन्।
डेढ बिघा खेतमा चार वर्षदेखि छरुवा विधिबाट धान खेती गर्दै आएका बेलौरी नगरपालिका–६ का किसान खड्क चौधरीले रोप्ने विधिभन्दा छरुवा धान खेती प्रविधिबाट धान रोपे बढी उत्पादन लिन सकिने बताए। 'परम्परात रुपमा धान रोप्दा बढी लागत आउँछ,' उनले भने, ‘रोग र किराको प्रकोप समेत उत्तिकै हुन्छ।’ धानको बेर्ना जोगाउनै धौ धौ पर्ने र मजदुर नपाउँदा रोपाइँ गर्न निकै ढिलो हुदाँ चाहे जस्तो उत्पादन लिन नसकिने चौधरीकाे भनाइ छ। तर, छरुवा प्रविधिमा खेतमा चिस्यान कायम गर्न एक पटक सिँचाइ गरी दुई पटक खेतलाई जोतेर सिडड्रिलको सहायताले एकै साथ मल र बीउ छरेर खेती गर्दा लागत खर्च कम हुने उनले बताए।
जिरो टिलेज प्रविधिमा आधारित भै छरुवा धान प्रविधि अपनाउँदा झारपातको समस्या देखिए पनि दुई पटक जोतेर किसानले छरुवा धान विधिलाई अपनाउन थालेपछि त्यो समस्या समेत हटेको छ।
यहाँका आधा दर्जन बढी किसानले छरुवा धान प्रविधिबाट धान खेती गर्दै अाएका छन्। खेतलाई हिल्याई रोपाइँ गर्दा प्रतिबिघा १५ हजार रुपैयाँभन्दा बढी लागत आउने गरेकामा छरुवा प्रविधि अपनाइ खेती गर्दा प्रतिबिघा चार हजार रुपैयाँ मात्र लाग्ने गरेको छ।
छरुवा विधिमा बढी उत्पादन दिने बीआर ११३, राधा ४ र सुख्खा धानको बीउ प्रयोग गर्दै अाएका छन्। यस प्रविधिमा आधारित भै खेती गर्ने किसानलाई कृषि विकास शाखाले बीउ, मल, बिषादी अनुदानमा उपलव्ध गराउनुका साथै प्राविधिक सहयोग र सल्लाह प्रदान गर्दै आएको छ।
कृषि विकास शाखाका प्राविधिक हरिष सेटी रोपाइँ गरिने धान खेतीको तुलनमा श्रम शक्ति कम लाग्ने, सिँचाइको प्रयोग कम गर्नु पर्ने, झारपात र रोगकिराको प्रकोप निकै कम हुने भएकाले किसानको रोजाइमा छरुवा प्रविधि पर्दै गएको बताउँछन्। 'रोपाइँ गरेको धानभन्दा छरुवा धान प्रविधिबाट लगाइएको धान १० देखि १५ दिन छिटो पाक्ने समेत गर्दछ,' उनले भने, ‘झारपात बढी आउने भएकाले झारपात मार्ने बिषादीको प्रयोग गरिए त्यो समस्याबाट समेत छुटकारा पाउन सकिन्छ।’
यस विधिबाट धान खेती गरेका किसानले प्रतिहेक्टर २५ हजार रुपैयाँसम्म आम्दानी लिँदै आएका छन्। परम्परागत विधिबाट रोपाई गर्दा प्रति हेक्टर १० हजार रुपैयाँ मात्रै आम्दानी हुने गरेको प्राविधिकको भनाई छ। बेलौरीका किसानले छरुवा प्रविधिबाट बढी आम्दानी लिन थालेपछि अन्य नगरपालिकाका किसान समेत यस विधिलाई अपनाउन थालेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।