विश्व

ट्रम्पको पक्षमा सर्वोच्च अदालतको फैसला, अाठ देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाइ

असार १३, २०७५

    अमेरिकाको सर्वोच्च अदालतले केही मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णय सदर गरेको छ।

    मुस्लिम वाहुल्य ६ वटा देशसहित विभिन्न आठ देशका यात्रुविरुद्ध राष्ट्रपतिले लगाएको प्रतिबन्ध सर्वोच्च अदालतको फैसलाले सदर गरेको हो। सर्वोच्च अदालतका ९ जना न्यायाधीशको इजलासमा सुनुवाई भएको सो विषयमा राष्ट्रपति ट्रम्पले गरेको निर्णयका पक्षमा ५ जना न्यायाधीश देखिएका थिए।

    यसलाई ट्रम्पको राष्ट्रपतीय कालमा हालसम्मकै सबैभन्दा ठूलो विजयमध्येको एक मानिएको छ। मुद्दाको फैसला लेख्न न्यायाधीश जोन रोबर्टस्ले मुस्लिम वाहुल्य भएका देशका नागरिकलाई अमेरिकामा आउन नदिने ट्रम्पको निर्णय राष्ट्रपतिको अधिकारको विषय भएको बताएका छन्।

    अदालतको फैसलामा राष्ट्रपतिले लागू गर्न खोजको यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवासन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन नभएको उल्लेख छ।

    पाँच जना न्यायाधीशहरुको समर्थनसहित एक मतको बहुमतबाट आफ्नो नीतिको पक्षमा फैसला आएपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् खुसी व्यक्त गरेका छन्।

     

    राष्ट्रपति ट्रम्पले गत वर्ष सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए।
    राष्ट्रपतिको निर्णय गैरकानुनी भएको भन्दै त्यसलाई अदालतमा पुर्‍याइएको थियो । तल्ला तहका अदालतले भने राष्ट्रपतिको निर्णय गलत ठहर्‍याएका थिए।

    सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयलाई सदर गरेपछि अमेरिकामा यो विषयको बहस तत्कालका लागि अन्त्य भएको छ ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]