काठमाडौं : फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ। बहर...
रसिया विश्वकपका दौरान संसारभरी जर्सीसँगै अर्को एउटा व्यवसायपनि राम्रो सँग फस्टाएको छ। त्यो हो नक्कली विश्वकप ट्रफी। त्यसमा पनि रंगशालामा नै खेलहेर्न पुग्ने दर्शकको चाहाना त झनै फरक हुन्छ। उनीहरु नक्कली ट्रफीका साथ रंगशाला पुग्न आतुर हुन्छन्।
समर्थकको अपेक्षा आफ्नो टिमद्वारा विश्व च्याम्पियन ट्रफी उचाल्दा आफूहरु पनि नक्कली ट्रफी उचालेर खुसीयाली मनाउने रहर हुन्छ। त्यहि भएर नक्ली ट्रफि माथि खासै निगरानी हुँदैन तर त्यहि ट्रफिमा अवैध कुराको तस्करी भयो भने त्यो विषय हंगामा बन्छ। यस्तै भएको छ रसिया विश्वकपमा केही अर्जेन्टिनी समर्थकहरुले अर्जेन्टिनाबाटै दर्जनौँ नक्कली विश्वकप ट्रफी आफूसाथ ल्याएका छन्। तर प्रहरीको अनुसन्धानमा अर्जेन्टिनी समर्थकहरुले नक्कली ट्रफीमा प्रतिवन्धित लागूऔषधि कोकिन लुकाएर ल्याएको खुलासा भएको छ।
अर्जेन्टिनी समर्थकले नार्कोस ला नामको कोकिन ट्रफी भित्र लुकाएको प्रहरीले जनाएका छन्। रसियन प्रहरीले अर्जेन्टिनी सुरक्षा प्रमुख क्रिस्टियन रिटोन्डोको सुचानाका आधारमै नक्कली ट्रफीको अनुसन्धान गरेका हुन्। ‘हामीलाई अर्जेन्टिनी समर्थकद्वारा नक्कली ट्रफी भित्र कोकिन राखेको सुचना प्राप्त भएअनुसार जाँच गर्यौ। त्यो कुराको सुंइको हामीलाई अर्जेन्टिनाको सुरक्षा प्रमुखले नै दिएका हुन्।,’
प्रहरीले त्यसपछि अर्जेन्टिनी समर्थकहरुसँग रहेका नक्कली ट्रफीको ब्यापक अनुसन्धान भएको हो। यस क्रममा ट्रफी भित्र गोप्य रुपमा कोकिन राखिएको भेटिएको मस्को प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रत्येक ट्रफी भित्र पाइएको कोकिनको मुल्य बजारमा १५ हजार डलर बराबर रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।