विश्व

जापानमा हिंसा, प्रहरीसहित दुईको मृत्यु

असार १३, २०७५

    जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ। 

    एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो। अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले जनाएको खबर एएफपीमा छ। गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ। 

    चक्कु प्रहारबाट घाइते प्रहरी ४६ वर्षीय केनिची इनाइजुमीको पनि उपचारका क्रममा अस्पतालमा मृत्युभएको अस्पताल स्रोतले पुष्टि गरेको छ। करिब ४०० विद्याथी रहेको उक्त विद्यालयका सुरक्षा गार्डलाई गरिएको आक्रमणपछि सम्पूर्ण विद्यार्थीलाई केही समयसम्म विद्यालयको एउटा फराकिलो कोठामा लगेर राखिएको थियो। 
    आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा चलाएको गोली पेटमा लाग्दा गम्भीर घाइते भएको बताइएको छ। 

    घटनामा अन्य कोही घाइते नभएको प्रहरीले जनाएको छ। आक्रमणकारी २१ वर्षीय केइटा शिमाजु जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य भएको बताइएको छ। शिमाजु सन् २०१५ मा जापानको पश्चिमी शहर कानाजावा शिविरबाट सेनामा भर्ती भएको यहाँको सरकारी टेलिभिजन च्यानल एनएचके ले जनाएको छ। तर राइफल चलाउने तालिमपश्चात गत वर्षको मार्चमा उसले सैनिक जागिर छोडेको थियोे। 

    जापान अन्य मुलुकको तुलनामा विरलै यस किसिमका हिंसात्मक घटना हुने मुलुक हो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]