राजनीति

प्रदेश ७ का मुख्यमन्त्री भट्ट अस्वस्थ

फाइल फोटो
असार १३, २०७५

    धनगढी : प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट आस्वस्थ भएका छन् । उनको निवासमा उपचार भइरहेको छ । मुख्य मन्त्रीका स्वकीय सचीव शिव वलीका अनुसार केही दिनदेखि उनलाई पेट र टाउको दुखाइ महसुस भएको थियो । बुधबार ज्वरो आएपछि उपचारका लागि मुख्य मन्त्री भट्ट सेती अस्पताल पुगेका थिए।

    अञ्चल अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले भने 'स्वस्थ परीक्षणपछि अहिले आराम गर्न भनेका छौँ।' कामको थकानले यस्तो भएको हुन सक्ने बोहराले बताए। 'परीक्षणको रिपोर्ट आउन बाँकी छ बोहराले भने दैडधूपले हुन सक्छ हामीले आराम गर्न भनेका छौं ।' प्रदेश सातमा  प्रतिपक्षीले लगातार संसद अवरोध गरेका छन् । बजेटका विषयमा मुख्यमन्त्री भट्ट केही दिनदेखि लगातार छ्लफलमा थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]