राजनीति

तमलोपाको महाधिवेशनः बन्द सत्र सुरु

असार ७, २०७३

    नवलपरासी : तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबारबाट बन्द सुरु भएको छ। 

    विशेषगरी बन्दसत्रमा पार्टीको विधान संशोधन, पार्टीको नयाँ दस्तावेज, मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल हुने आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताए।

    महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उमाविको प्राङ्गणमा जारी छ। आज दिनभरिमा पार्टीको विधान र राजनीतिक दस्तावेज पारित भएपछि बुधबार बिहानदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ। 

    यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोत जनाएको छ। महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिने बताइएको छ। 

    महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन्। विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ। महाधिवेशनका कारण जिल्लामा शान्ति सुरक्षा समेत कडा बनाइएको छ। महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]