अर्थ

ललितपुर महानगरपालिकाको ४ अर्ब ६१ करोडको बजेट पारित, बेरुजु फर्छ्यौटका लागि निर्देशन

असार ३२, २०७५

    काठमाडाैं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिव चार अर्ब ६१ करोडको बजेट पारित गरेको छ। महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको हो। नगरसभाले पारित गरेको निर्णय सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बेरुजु फर्छ्यौटका लागि महानगरपालिकालाई नगरसभाले निर्देशन दिएको पनि स्पष्ट पारे।

    नगरसभाबाट पारित महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पूँजीगत तर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरिएको पनि उल्लेख गरिएको छ। महानगरपालिकाले चालू आर्थिक वर्षको चैतभन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ। स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्थाअनुसार चैत अगाडि असुल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिए। 

    महानगरपालिकाले वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान पनि संचालन गर्ने योजना अघि सारेको छ। महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणा पनि अघि सारिएको छ। त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका भूकम्प प्रभावित लाभग्राहीको नाम सूचीमा समावेश भएका व्यक्तिलाई तीन हजार वर्ग फुटसम्म क्षेत्रफलको नक्सा पास दस्तुर मिनाह गरिएको पनि प्रमुख महर्जनले बताए। उनले मापदण्डविपरीत निर्माण भएका भवनहरूलाई पनि करको दायरामा ल्याउने योजना अघि सारिएको बताए।

    महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]