छापा

सरकारी ढुकुटीमा साढे तीन खर्ब थुप्रियो

साउन १, २०७५

    काठमाडौं :  गत चैत्र १६ मा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै भनेका थिए, बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ। 

    त्यसबेला उनले अघिल्ला सरकारका पालमा वित्तीय अनुशासनका सीमा निर्ममतापूर्वक तोडिएकाले देशको ढुकुटी रित्तो रहेको बताएका थिए। उनले चालू वर्षको १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेटमा २ खर्ब रुपैयाको त स्रोत नै भेटको छैन भनेका थिए। उनको प्रश्न पनि थियो, स्रोत नभेटेपछि योजना अघि बढेका छन् र तीनलाई पैसा दिनुपर्‍यो भने त आफू रित्तो भइएन। 

    आर्थिक वर्ष २०७४/७५ सोमबारबाट सकिएको छ। वर्षको अन्त्यमा सरकारी ढुकुटी भने मन्त्री खतिवडाको भनाइविपरीत देखिएको खबर राजधानी दैनिकमा छ। सरकारी ढुकुटीमा पैसा थुप्रिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३१ असारसम्ममा सरकारी ढुकुटीमा ३ खर्ब ४४ अर्ब १९ करोड ६० लाख थन्किएर बसेको छ।

    यो तथ्यांकले मन्त्री खतिवडाले सार्वजनिक गरेको श्वेतपत्र गलत थियो वा उनले त्यसयता तीन महिनाको अवधिमा ढुकुटी भनै सफल भए भन्ने चासो हुन थालेको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]