समाज

बबियाचौर–झाक्रेपानी पदमार्ग निर्माण शुरु

साउन १, २०७५

    पर्वत : म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। 

    पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाक्रेपानीलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम सुरु गरेको हो। 

    यस वर्ष गाउँपालिकाको चार लाख रुपैया अनुदान र स्थानीयबासीको १ लाख ४० हजार ८०४ रुपैयाँ बराबरको श्रमदानमा अर्मनको पुलचोक देखि गहतेतर्फ जाने उकालो बाटोमा करिब डेढ सय मिटर पक्कि सिढी सहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव बलप्रसाद रोकाले बताए। उनका अनुसार २३ घनमिटर क्षेत्रफल रहेको पदमार्गमा २ सय ओटा सिँढी छन। आगामी वर्ष गहते, नेटा हुदै झाक्रेपानीसम्म थप पदमार्ग विस्तार गर्ने योजना रहेको सचिव रोकाको भनाइ छ। 

    समुन्द्री सतहदेखि २५ सय मिटरको उचाईमा अवस्थित मंगला गाउँपालिकाको ३ मा पर्ने झाँक्रेपानीबाट अन्नपूर्ण, धौलागिरी, निलगिरी, गुर्जा लगायतका हिमाल, पहाडी भुगोल, वनजंगल र सुर्योदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।  झाँक्रेपानीमा यस वर्ष गाउँपालिकाको दुई लाख रुपैया सहयोगमा करिब एक सय मिटर पदमार्ग निर्माण गरि भ्यु टावर बनाउन जग खनिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रोकाको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]