स्वास्थ्य

भक्तपुरमा वितरण गरिएको खानेपानीमा दिसामा पाइने जिवाणु 'कोलिफर्म' भेटियो

साउन १, २०७५

    भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा वितरण गरिएको खानेपानीमा दिसामा पाईने जिवाणु कोलिफर्म भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा वितरण गरिएको विभिन्न १८ वटा स्थानका पानीको परिक्षण गर्दा १६ वटा स्थानका पानीमा कोलिफार्म भेटिएको हो।

    परिक्षण गरिएका मध्ये कटुञ्जे तीनधारा र चाँगुनारायण हेल्थपोष्टमा गरिएको परिक्षणमा मात्र कोलिफार्म नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सूर्यविनायक नगरपालिका–८ आशापुरीका दुई, नैचाल र सोचे, –९ काँक्रेबारी र काँक्रेबारी सरस्वती मावि–२ बालकोट हेल्थपोष्ट–१ सिरुटार हेल्थपोष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जेमा गरिएको परिक्षणमा कोलिफार्म भेटिएको हो।

    त्यसैगरी भक्तपुर नगरपालिकाको व्यासी, मध्यपुर थिमि नगरपालिका–४ बालकुमारी हेल्थ पोष्ट–२ सानोथिमि –१ लोहकल्थलीका दुई वटा परीक्षणमा कोलिफर्म भेटिएको छ। वर्षायामसँगै पानी दुषित हुने भएकाले युवा क्रियाकलाप समाज (सोया) लगायतको संस्थाको सहयोगमा जनस्वास्थ्य कार्यालयले सर्वसाधारणका घरघरमा वितरण गरिएको खानेपानीका नमुना परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत कृष्णबहादुर चन्दले बताए।

    वर्षायाम सुरु भएसँगै विभिन्न सरुवारोगको महामारी फैलिनसक्ने भएकाले खानेपानीको अवस्था बुझ्न कार्यालयले उक्त परीक्षण गरेको  अधिकृत चन्दले जानकारी दिए। उनले पानी प्रदूषित देखिएकाले उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग आग्रह समेत गरे।

    ‘भक्तपुर नगर र मध्यपुर थिमी नगरका बासिन्दाले खानेपानी प्रयोग गर्ने नगरकोटस्थित मुहानपोखरी र बोडको पानीसमेत प्रदूषित रहेका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत रहेको नगरकोटस्थित मुहानपोखरीमा भने फिल्टर प्लान्ट नै छैन।  जसले गर्दा भक्तपुर–नगरकोट सडक विस्तारले गर्दा वर्षा याममा धमिलो पानी खान भक्तपुर नगरवासी बाध्य हुँदै आएका छन्।’उनले भने।

    अधिकृत चन्दले भने ‘विपद्सँगै स्वास्थ्यको क्षेत्रमा आउनसक्ने महामारी रोक्न कार्यालयमा मेडिकल अफिसरसहितको विपद् प्रतिकार्य टोली तयारी अवस्थामा छ। चारवटै नपामा समेत नगरस्तरीय विपद् प्रतिकार्य टोली गठन गरी अति आवश्यक औषधीहरुको भण्डारण गरिसकेका छौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]