समाज

तुलसीपुर बसपार्क निर्माणको आधा काम सकियो, १५ महिनामा तीन महिना बाँकी

साउन १, २०७५

    दाङ : तुलसीपुर बसपार्कको स्तरोन्नतिको काम सक्न सम्झौताअनुसार तीन महिना मात्रै बाँकी छ। तुलसीपुर उपमहानगरपालिका र ठेकेदार कम्पनी शिवशक्तिबीच १५ महिनामा आधुनिक बसपार्क निर्माणको काम सक्ने सम्झौता भएको थियो।

    सम्झौताअनुसार काम सुरु भएको १२ महिना भयो। तर, अहिलेसम्म ५० प्रतिशत मात्रै काम पूरा भएको छ। टर्मिनल भवन, सपिङ स्टल निर्माणको काम पूरा भएको छ। ट्वाइलेट ब्लग, सडक, सडक बत्ती निर्माणको काम बाँकी रहेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताए।

    बसपार्क निर्माणका लागि छुट्याइएको १० करोड रुपैयाँमध्ये चार करोड खर्च भइसकेको उपमहानगरपालिकाले जनाएको छ। बसपार्कको ग्यारेजले निर्माण कार्यमा समस्या भएको भन्दै ग्यारेज जति छिटो अन्यत्र ठाउँमा सर्छ, त्यति छिटो काम पूरा हुने ठेकेदार कम्पनीले बताएको छ। 

    करिब ३४ करोड रुपैयाँको लागतमा निर्माण हुने बसपार्कको पहिलो चरणको कामका लागि दश करोड विनियोजन गरिएको छ। बहुवर्षीय योजनाअन्तर्गत रहेको बसपार्क निर्माणको पहिलो चरणमा पाँच प्रतिशत व्याजदरमा नगर विकास कोषले उपलब्ध गराएको नौ करोड तथा कोषको एक करोड अनुदान र तुलसीपुर उपमहानगरपालिकाको ५० लाख गरी कुल १० करोड ५० लाख रुपैयाँमा काम हुनेछ। सोही रकमबाट १६ कोठे टर्मिनल भवन, गार्डेन, रेष्टुरेन्ट, ५२ वटा सपिङ स्टल, सार्वजनिक शौचालय, पक्की सडक र सडक बत्ती निर्माण गरिने इञ्जिनियर योगीले बताए। 

    साबिक तुलसीपुर नगरपालिकाले पाँच वर्ष अघिदेखि बसपार्क निर्माणका लागि प्रक्रिया सुरु गरे पनि विभिन्न अवरोधका कारण समयमै निर्माणको कार्य सुरु हुन सकेको थिएन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]