काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
पोर्चुगलका स्टार स्टाइकर क्रिश्टियानो रोनाल्डो टुरिन पुगेका छन्। रोनाल्डो प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटबाट इटाली पुगेका हुन्। केही दिनअघि नै उनी इटाली पुगे पनि उनलाई क्लबले सोमबार भव्य स्वागत गरेको थियो। उनको सोमबारनै स्वास्थ्य परीक्षणसमेत भयो।
१ सय मिलियन पाउन्डमा सरुवा भएका रोनाल्डो अझै माथिल्लोस्तरको प्रदर्शनका लागि आफु युभेन्ट्स आएको बताएका छन्। उनले रियल छोड्दा दुःख नलागेको भन्दै थप चुनौतीका लागि युभेन्टस आएको बताएका छन्। उनले सहजताका लागि युभेन्टस गएको भन्ने हल्लाहरु निराधार रहेको भन्दे भने ‘म्यानचेस्टर युनाइटेड र रियल पछि युभेन्ट्समा इतिहास बनाउन आएको छु । युनाइटेड र रियमा हुँदा जस्तो बालोन डी ओर जित्न कठिन होला। तर, म स्तरीय हुन चाहन्छु । के थाहा सबै चिज सही भयो भने म फेरि पनि जित्न सक्छु।’
चार वर्षको बसाइमा युभेन्ट्सलाई के दिन्छौँ भन्ने प्रश्नको जवाफमा रोनाल्डोले ‘युभेन्ट्सले धेरै सफलता हासिल गरेको छ । घरेलु कप र सिरिए जितेको छ। च्याम्पियन्स लिग फाइनल पुगेको छ। मलाई उनीहरूले चाहे त्यसमा गर्व छ। म मैदानमा उत्कृष्ट गर्न सक्छु भन्ने विश्वास छ। म कोसिस गर्नुछु। मलाई आशा छ क्लबलाई अझै माथि पुराउन मेरो प्रयास निर्णायक हुनेछ।’ उनले क्लबमा आफूलाई विश्वास गरेकामा धन्यवाद दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।