समाज

सर्पदंशबाट दाङमा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

साउन १, २०७५

    दाङ : बबई गाउँपालिका–४ हापुरेका २५ वर्षीय देवराज आलेको सर्पदंशवाट मृत्यु भएको छ। उनलाई सुतेकै अवस्थामा सोमबार राति सर्पले डसेको र मंगलबार बिहान उपचारका क्रममा राप्ति अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख एवं प्रहरी नायब निरीक्षक धनबहादुर केसीले जानकारी दिए।

    गर्मी भएको भन्दै उनले ढोका खुल्लै छाडेर भुइँमै सुतेको समयमा आलेलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ। मंगलबार बिहान १ बजे सर्पले डसेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

    त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय झपेन्द्र बिक सर्पदंशबाट मृत्यु भएको छ। उनको उपचारका क्रममा बाँँकेको कोहलपुर मेडिकलकलेजमा मृत्यु भएको छ। प्रहरीले जानकारी दिएको छ।

    सर्पदंशवाट गम्भीर बिरामी भएकी झपेन्द्रकी दिदी ११ वर्षीया अनिता बिकको पनि कोहलपुर मेडिकलकलेजमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। उनीहरु आँगनमा खेल्दै गर्दा सोमबार बिहान ७ बजेतिर उनीहरुलाई करेत सर्पले डसेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]