समाज

जंगली च्याउ खाँदा एक सातामा दाङमा तीन जनाको मृत्यु

साउन १, २०७५

    दाङ : घोराही उपमहानगरपालिका–१९ मा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ। मंगलवार बिहान पाँचपोखरीका ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले बताइन्।

    सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि सोमवार नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। उपचारकै क्रममा उनको मंगलवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

    आइतबार मात्रै घोराही १९ कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै मृत्यु भएको थियो। जंगली च्याउ खाएर गम्भीर विरामी भएकी पाँच वर्षीया प्रशंशा घर्तीको असार २९ गते उपचारको क्रममा कोहलपुरमै मृत्यु भएको थियो।

    विषालु च्याउ खाँदा बिरामी भएका करिब आधा दर्जन व्यक्तिको बाँकेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पछल्लो समय तुलसीपुर र घोराही क्षेत्रमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या करिब चार दर्जन पुगेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]