अर्थ

नविल बैंकले १२ वटा शाखा एकै पटक संचालनमा ल्यायो

साउन १, २०७५

    काठमाडौं : नविल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ। नविल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सूरु हुनेगरी संचालनमा ल्याएको हो।

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अनलाईनमार्फत् १२ वटा शाखाको उद्घाटन गरे। कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु संचालन गरिएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकै पटक १२ वटा शाखा संचालनमा ल्याइएको बताए।

    उनले सबै शाखामा आजैबाट कारोबार पनि सुरु गरिएको जानकारी दिए। १२ वटा थप भएसँगै नविल बैंकको देशभर ७४ वटा शाखा संचालनमा आएको छ। १ सय १५ वटा एटिएमहरुको संरचना र १ हजार ५ सय भन्दाबढि नबिल रेमिट एजेन्टको प्रभावकारी परिचालनमार्फत् सेवाग्राहीलाई थप सन्तुष्टि प्रदान गर्ने बैंकको दावी छ। बैंकले स्थानीय तहमा संचालन गरिएका शाखाहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]