मनोरञ्जन

'मालिका'को 'हल्का माया' रिलिज

साउन १, २०७५

    काठमाडौं : रेखा थापाको निर्माण रहेको फिल्म 'मालिका'को गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'हल्का माया' बोलको गीत सार्वजनिक गरिएको हो। सुरेश अधिकारीको संगीत रहेको उक्त गीतमा नर बहादुर कार्कीको शब्द रहेको छ भने अन्जु पन्तको स्वर सुन्न सकिन्छ।

    रामजी रामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नायिका रेखा थापाले नृत्य प्रस्तुत गरेकी छिन्। ठुलो सङ्ख्यामा कोरश नचाइएको उक्त भिडियोमा नायिका रेखा थापा पनि मौलिक भेषभुषामा प्रस्तुत छिन्।

    कात्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्ममा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन्। फिल्मको छायाँकन जाजरकोट सहित काठमाडौं, बनेपा, बाँकेलगायतका क्षेत्रमा गरिएको छ। नर बहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा रहेको छ।

    'रेखा फिल्मस्'को व्यानरमा निर्माण भएको फिल्ममा नर बहादुर काकर्कीको लागनी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]