धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका हुन्। उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढि प्रगतिशील, जनपक्षीय र विकासमुखि नीति लिएपनि त्यसको प्रतिरक्षा गर्ने पार्टी भित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिए।
मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाए। उनले चार महिना भित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधि तत्वले सरकारको विरोध गरिरहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालिनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने दावी पनि गरे। उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउने आधार तयार पारेको उल्लेख गर्दै सोही आधारमा टेकेर अघि बढ्ने योजना पनि अघि सारे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।