समाज

दुर्इ दिनदेखि भारतीयको नियन्त्रणमा रहेका नौ नेपाली मुक्त

साउन १, २०७५

    कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका-३ बैवाहबाट भारतीयले नियन्त्रणमा लिएका नौजना नेपाली मंगलबार साँझ नियन्त्रणमुक्त भएका छन्। सोमबार राँगा चोरीको विषयलार्इ लिएर नेपाली र भारतीय पक्षबीच विवाद हुँदा ठूलो संख्यामा आएका भारतीय नागरिकले बैवाहका १५ जना नेपालीलार्इ नियन्त्रणमा लिएका थिए।

    सोमबार बैवाहका स्थानीय बासिन्दाका दुई जोर राँगा भारतीयले चोरी गरेर लगेको र नेपालीहरूले पिछा गर्दै भारतीय क्षेत्रमा राँगा भेटाएर भारतीय मञ्जित सिंह, गुरुसेवक र सतनाथलाई कुटपिट गरेपछि विवाद उत्पन्न भएको हो।

    भारतीय कुटिएपछि ठूलो हुलमा आएका भारतीयहरूले नेपाली बस्तीमा छिरेर नेपालीमाथि कुटपिट गर्दै १५ जनालाई नियन्त्रणमा लिर्इ भारतको कम्पोज नगरतर्फ लगेका थिए। जसमध्ये छ जना भागेर नेपाल आउन सफल भए पनि अन्य नौजनालाई भारतीयहरूले कम्पोज नगरमा लगेर बन्धक बनाई राखेको स्थानीय विमल धामीले बताए।

    भारतीयहरूले नेपालीलाई भारतीयले नियन्त्रणमा लिएको खबर पाएपछि बेलडाँडी गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र प्रहरीलगायतको टोली कम्पोजनगर पुगेर नेपाली नियन्त्रणमुक्त गराएका हुन्।

    नियन्त्रण मुक्त हुनेमा बैवाहका कालुराम चौधरी, भुवनप्रसाद चौधरी, चन्द्र चौधरी, बलराम चौधरी, रामु चौधरी,बिष्णु चौधरी, मञ्जु चौधरी र सुरज चौधरी रहेका छन्।

    नेपालीले कुटपिट गरेका तीन जना भारतीयलाई औषधोपचार खर्चबाफत भारतीय रु  ३० हजार उपलब्ध गराएपछि नेपालीलाई छाडेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बहादुर बमले बताए।

    ‘भारतीय  सरपंच, प्रहरी र नेपाली जनप्रतिनिधि र प्रहरीको मध्यस्थतामा भारतीयको नियन्त्रणमा रहेका नेपालीलाई छाडिएको छ’ उनले भने। दिनभर सीमा क्षेत्रमा तनाव सृजना भए पनि अहिले अवस्था समान्य रहेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]