समाज

नगरपालिका र सांगीतिक समाजद्वारा मनाइयो लोकगायक बुद्धिकृष्णको जन्मदिन

साउन १, २०७५

    भक्तपुर : लामो समयदेखि बिरामी भएर घरमै थला परेका चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको जन्मदिन चाँगुनारायण नगरपालिका र भक्तपुर सांगीतिक समाजले मनाइदिएको छ। नगरपालिका प्रमुख सोम मिश्रसहितको सांगीतिक समाजको टोली लोकगायक लामिछानेको घरमै पुगेर केक काटेर ६५औं जन्मदिन मनाएको हो।

    घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर…, पिँढीमा बसेर, मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन्, मलाई सम्झेर…, फाटेको दौरा लाएर, खोले सिस्नु खाएर… जस्ता जीवन्त गीतका गायक लामिछाने अहिले अस्वस्थ छन्। रोगले गालेर दृष्टी कमजोर भएका कारण भेट्न आएका शुभचिन्तकहरूलाई राम्रोसँग ठम्याउन पनि मुस्किल छ।

    भूकम्पले घर क्षतविक्षत बनेका कारण जस्ताको टहरामा जीवन बिताइरहेका लामिछानेलाई आफ्नो जन्मदिन पनि याद थिएन। जन्मदिन मनाउन गएको टोलीले जन्मदिनको याद गराएर केक काटेपटि भने लामिछानेलाई याद गरेको थियो।

    लोकगायक लामिछानेको जन्मदिन मनाइसकेपछि चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले सांगीतिक श्रेत्रका राष्ट्रिय व्यक्तित्व लामिछानेको नाममा सडकको नामाकरण गरिने बताए। उनले मुहानपोखरीदेखि लामिछानेको घरसम्म पुग्ने सडकको नाम बुद्धिकृष्ण मार्ग राखिने र त्यसका लागि आवश्यक पूर्वाधार विकास गरिने बताए। प्रमुख मिश्रले लामिछानेको स्वास्थ्य उपचार र परिवारका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

    सो अवसरमा भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वट बज्राचार्यले लोक गायन क्षेत्रमा जीवन्त सांगीतिक कोशेली दिएका मुर्धन्य लोकगायकको राज्यले उचित सम्मान र उपचार प्रदान गर्न नसकेको गुनासो गरे। समाजका उपाध्यक्ष कपिल कसपालले राज्यतर्फबाट लामिछानेको उपचारमा सहयोग पुर्‍याउनुपर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]