स्वास्थ्य

डा केसीलार्इ 'हाइपोक्यालेमिया'

फाइल फोटो
साउन १, २०७५

    काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विगत १८ दिनदेखि अनशनरत केसीलार्इ हाइपोक्यालेमिया भएको छ।

    वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका बीच केही दिनयता रगतमा भएका परिवर्तन थाहा पाउन सकिएको थिएन्। वार्ता टोली गठन भएसँगै रगत परीक्षण गराउँदा हाइपोक्यालेमिया देखिएको हो।

    के हो हाइपोक्यालेमिया?

    चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलार्इ हाइपोक्यालेमिया भनिन्छ। यो मानव शरीरमा पोटासियम, मुटुको चाललाई  ठीक ठाउँमा राख्न र अन्य मांसपेशीहरूलाई समेत स्वस्थ राख्न आवश्यक पर्दछ। यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असरहरू देखा पर्दछन्।

    असर

    हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरू कमजोर भएको महशुस गर्दछन्। खुट्टाबाट सुरु हुने यस किसिमको कमजोरी विस्तारै शरीरको माथिल्लो भागतर्फ सर्दछ। उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा केसीमा देखिँदै आएको छ।

    पोटासियमको कमी भएसँगै पेटका मांसपेशीहरूमा पनि असाधारण परिवर्तन आउँछ्न् जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने समस्या देखिन थाल्छन् जुन डा केसीमा विगत केही दिनयता झन् थपिदै गइरहेको छ।

    यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास, मिर्गौला र मुटुमा देखिन्छ। रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरू पनि कमजोर हुँदै जान्छन् जसका कारण बिरामीलार्इ सास फेर्न अप्ठ्यारो हुने र केही दिनभित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ। यहि जोखिमलार्इ मध्यनजर गर्दै अनशनस्थलमा अस्पतालले भेन्टिलेटर स्ट्यान्डबाइ राखेको छ।

    पोटासिमयमको कमिले डा केसीको मिर्गौलामा पनि असर पुर्‍याउन सक्छ। यदि त्यो अवस्था आएमा स्थिति थप जटिल हुने चिकित्सकहरू बताउँछन्।

    चिकित्सकको सुझाव

    उपचारमा संलग्न डा धिरज गुरुङ डा केसीलार्इ हाइपोक्यालेमिया भएसँगै मुटुको चाल बिग्रने हो कि भन्ने डरले चिन्तित छन्। मंगलबार दिउँसो जारी एक विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सकहरूले भनेका छन्, 'डा केसीलाई विगतमा पनि  'एरिदमिया' (मुटुको चालमा गढबढी) देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा आजको रिपोर्टअनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गढबढी आर्इ धड्कन नै बन्द हुनसक्ने देखिएको छ।'

    मुटुको चालमा आउनसक्ने गढबढीलार्इ ध्यानमा राख्दै अनशनस्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ। तर यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा केसीलाइ सिसियुमै राखेर उपचार गर्नु पर्ने  चिकित्सकहरूको सुझाव रहेको छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]