राजनीति

सरकारविरुद्ध खनियो कांग्रेस

साउन १, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो समय सरकारप्रति आक्रोशित बन्दै गएको छ। सडक र सदनबाट सरकारविरुद्धको आन्दोलन गर्ने चेतावनी दिँदै आएको कांग्रेस आक्रोशित बन्दै गएको हो।

    सरकारको पछिल्ला गतिविधिले लोकतन्त्र खतरामा परेको भन्दै सडक र सदनबाट आन्दोलन चर्काउने घोषणा गरेको छ। साउन १५ गते देशभर प्रदर्शनको कार्यतालिका तय गरेको कांग्रेसले अन्य थप आन्दोलनको कार्यक्रम तय गरेको छ।

    यसका लागि कांग्रेसले पार्टीका भ्रातृसंगठन परिचालन गर्ने निर्णय गरेको छ। पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा मंगलबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरूको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको घोर निन्दा र भर्त्सना गर्दै त्यसका विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

    आन्दोलनका कार्यक्रमअन्तर्गत साउन ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने भएको छ। यस्तै, ५ गते नेपाल तरुण दल र ८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरले माइतीघर मण्डलामा दिउँसो १ बजे आन्दोलन गर्ने निर्णय गरेको छ।

    बैठकमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियारलगायतका नेताहरूको उपस्थिति थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]