काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : चितवन ठोरीका सञ्चारउद्यमी, गीतकार तथा गायक सन्तोष देउजाको चर्चित "ऋषि धमला" बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ।
काठमाडौंस्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरी नेपालका चर्चित पत्रकार ऋषि धमलाको व्यक्तित्वमा आधारित रहेर बनाइएको ‘ऋषि धमला’ बोलको गीत गीतकार देउजाले स्वयम् सार्वजनिक गरेका हुन्।
तीज पर्वको पूर्वसन्ध्यामा ‘ऋषि धमला’ बोलको गीत सार्वजनिक गरिएको उनले बताए। पत्रकार ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको देउजाको गीत रेकर्डिङ र म्यूजिक भिडियो छायांकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको देउजाले बताए।
पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए। तीज पर्वको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको गीत भएपनि यस गीतलाई समसामयिक गीतको रूपमा आफूले लिएको उनले बताए। गीतको म्यूजिक भिडियो हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत पनि सार्वजनिक गरिएको छ। कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको प्रतिक्रिया देउजाले दिए।
गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदीप त्रिपाठीले आवाज भरेका छन् भने राकेश सोनीले संगीत संयोजन गरेका छन्। प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।