अर्थ

बारामा झण्डै डेढ अर्ब बजेट फ्रिज

साउन १, २०७५

    बारा : बारामा झण्डै डेढ अर्ब बजेट फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका अनुसार आर्थिक वर्ष २०७४/७५ मा चालु तथा पुँजीगत दुबैतर्फ गरी एक अर्ब ३५ करोड १५ लाख दुई हजार ५९ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो। 

    चालु खर्चतर्फ विनियोजित कुल नाै अर्ब ५४ करोड छ लाख ६८ हजार २०३ रुपैयाँ बजेट मध्ये ८ अर्ब ७१ करोड ६५ लाख ३३ हजार ८९ रुपैयाँ मात्र खर्च भएको छ। चालु खर्चतर्फ कुल ९१.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका कोष नियन्त्रक गोविन्द अधिकारीले जानकारी दिए। यस्तै पुँजीगत तर्फ ६७.३७ प्रतिशत बजेट खर्च भएको छ। पुँजीगततर्फ विनियोजित एक अर्ब ६१ करोड ६२ लाख ६२ हजार ३५९ रुपैयाँ बजेट मध्ये एक अर्ब एक करोड ८८ लाख  ९५ हजार  ४१३ रुपैयाँ मात्र खर्च भएको छ। 

    चालु खर्चतर्फ छुट्याइएको बजेट मध्ये ८२ करोड ४१ लाख ३५ हजार ११४ रुपैयाँ फ्रिज भएको छ भने पुँजीगततर्फ ५२ करोड ७३ लाख ६६ हजार ९४५ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाराले जनाएको छ।

    ९ अर्ब राजश्व संकलन 

    बारामा नाै अर्ब दुई करोड ९९ लाख ११ हजार ६६ रुपैयाँ राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार कर राजश्व तथा गैरकर राजश्व दुबै संकलन हुने कलैयास्थित राष्ट्रिय वाणिज्य बैंकबाट ८७ करोड पाँच लाख १३ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ भने गैरकर राजश्व मात्र संकलन हुने एभरेष्ट बैंक सिमरा शाखाबाट अाठ अर्ब १५ करोड ९३ लाख ९७ हजार  ४१६ रुपैयाँ राजश्व संकलन भएको छ।

    फ्रिज भएको बजेट तथा संकलित राजश्वको कार्यालयगत विवरण उपलव्ध गराउन केही दिन लाग्ने कोष नियन्त्रक अधिकारीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]