समाज

जिउँदो सालकसहित दुई जना पक्राउ

साउन १, २०७५

    चितवन : चितवनको ईच्छाकामना गाउँपालिका -५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा पाल्पा जिल्लाको बगनास गाउँपालिका- ३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका - ६ बस्ने २८ वर्षीय  टेकबहादुर गुरुङ रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। 

    मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो काठमाडाैं र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले चेकजाँच गर्दा  उनीहरू सालकसहित पक्राउ परेको ढकालको भनाई छ। पैदल हिडिरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो।

    गोरखा जिल्लाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडाैंतर्फ लैजान लागेका बेला सालकसहित उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। सालक र पक्राउ परेका दुवैलाई आवश्यक कानुनी कारवाहीका लागि इलाका वन कार्यालय मुग्लिङमा राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]