विश्व

एक दिन पनि टिकेन ट्रम्पको बोली

साउन २, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्।

    सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासुसी संस्थाहरूको दाबीलाई मान्ने बताएका हुन्। ‘आफूले त रुसले हस्तक्षेप नगर्ने कुनै कारण नभएको पो भनेको’ ट्रम्पले फेरेको बयानमा उल्लेख छ।

    फिनल्याण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटका क्रममा ट्रम्पले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप नभएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो। आफ्नो अभिव्यक्ति तोडमोड भएको देखेपछि प्रष्टीकरण दिएको पनि ट्रम्पको भनाइ छ।

    अनुसन्धान निकायहरुको दावीप्रति आफ्नो भरोसा रहेको पनि उनले प्रष्ट पारेका छन्। रुसको हस्तक्षेप नभएको बताएलगत्तै उनकै पार्टी रिपब्लिकनका सिनेटर लिन्ड्से ग्राहमले ट्रम्पको अभिव्यक्तिले अमेरिका कमजोर भएको संकेत दिएको भन्दै आलोचना गरेका थिए। अर्का सिनेटर जेफ फ्लेकले ट्रम्पले लज्जाजनक शब्द प्रयोग गरेको टिप्पणी गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]