खेलकुद

भारतलाई हराउँदै इंग्लाण्डले जित्यो एक दिवसीय शृंखला

साउन २, २०७५

    भारतविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखला इंग्लाण्डले जितेको छ। 

    इंग्लयाण्डको घरेलु हेडिङ्ली मैदानमा भएको खेलमा इंग्ल्याण्डले भारतलाई २–१ ले हराउँदै शृंखला हात पारेको हो। मंगलबार राति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराएको हो। भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले ४४ ओभर तीन बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो।

    इंग्लाण्डका लागि लागि जोए रुटले नटआउट शतकीय पारी खेले, उनले १२० बलमा १० चौकाको सहयोगमा १०० रन बनाए। यस्तै कप्तान इयान मोर्गनले १०८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट ८८ रन बनाए। यस्तै जेम्स विन्सले २७ तथा जोनी बाइर्स्टोवले ३० रनको योगदान दिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २५६ रन बनाएको थियो। उसका लागि कप्तान विराट कोहलीले ७२ बलमा ८ चौकाको सहयोगमा ७१, महेन्द्रसिंह धोनीले ६६ बलमा ४२ तथा शिखर धवनले ४९ बलमा ४४ रन बनाए। इंग्ल्याण्डका डेविड विली र अदिल रसिदले समान तीन–तीन विकेट लिए।

    हारसँगै भारतको कीर्तिमानी यात्रा रोकिएको छ। भारतीय टिमले अहिलेसम्म लगातार ९ वटा सिरिज जितेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]