खेलकुद

फुर्सदिला मेसी रमाइलाे गर्दै

साउन २, २०७५

    बार्सिलोना तथा अर्जेन्टिनी फवार्ड लियोनेल मेसी प्रिसिजन टुर अघि घुमघाममा मस्त  देखिएका छन्। अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएपछि मेसी पहिलो पटक परिवार सहित क्याटलानको इबिजा विच पुगेका छन्।

    विजेता फ्रान्ससँग अर्जेन्टिना अन्तिम १६ मा ४–३ ले पराजित भएपछि मेसी पहिलो पटक सार्वजानिक रुपमा छुटिमा देखिएका हुन। रिफ्रेसमेन्टका लागि श्रीमती र छोरा तथा नजिकका साथीभाइहरुसँग इबिजा पुगेका हुन्। इबिजामा रहँदा मेसीले लक्जरी बोटमा यात्रा गरेका थिए। सनबाथ गर्दे उनले साथीभाइसँग रमाइलो गरेपछि केहि समय पौडीको आनन्द पनि उठाएका थिए। मेसी विना योजना इबिजामा छुटी मनाउन पुगेका थिए। तर उनी दिनभर श्रीमती एन्टोनेलासँगभने रमाउन पाएनन्। उनी आफ्नो ब्यस्त स्याडुलका कारण केहि घन्टापछि नै इबिजाबाट फर्किएका थिए।

    मेसी प्रि–सिजन टुरका लागि बार्सिलोना टिम अमेरिका प्रस्थान गर्नु अघि टिम्मको अभ्यासमा सहभागी हुने छन्। अमेरिकामा बार्सिलोनाले टोटनह्याम, रोमा तथा एसि मिलानसँग प्रतिष्पर्धा गर्ने छ। बार्सिलोनाले औपचारीक रुपमा सिजनको सुरुवात  १२ अगस्टमा स्पेनिस सुपर कप अन्तर्गत हुने खेलमा सेभिल्ला विरुद्धको खेलबाट गर्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]