समाज

खाेलाले बगाउँदा एकजनाको मृत्यु

साउन २, २०७५

    पर्वत : कुस्मा नगरपालिका खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ। जहरे खोलाले बगाउँदा कुस्मा–११ का ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो।

    कुस्मा नगरपालिका ११ र १४ वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजे विकलाई खोलाले बगाएको थियो। घर फर्किँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले बताए। 

    मादक पदार्थ खाएका विक झोलु‌ंगे पुलबाट नतरी खोलाबाटै तर्ने क्रममा खोलाले बगाएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]