अर्थ

अर्घाखाँचीमा विकास बजेट खर्च औसत

साउन २, २०७५

    अर्घाखाँची : अर्घाखाँचीका स्थानीय तहमा विकास बजेट औसत रूपमा खर्च भएको छ। ६ स्थानीय तहमध्ये छत्रदेव गाउँपालिकाले चालुमा ९८.१८ प्रतिशत पुँजीगतमा ६९.४३ खर्च गरेको छ। यस्तै जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले ८८.४७ चालुमा तथा पुँजीगतमा शतप्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक कमल पन्थीले जानकारी दिए। 

    मालारानी गाउँपालिकाले चालुतर्फ ९६.६९ प्रतिशत खर्च गरेको छ भने पुँजीगत तर्फ ६७.४७ प्रतिशत खर्च गरेको जनाइएको छ। शीतगंगा नगरपालिकाले चालुतर्फ ९७.३३ प्रतिशत र पुँजीगत तर्फ ६७.४७ प्रतिशत खर्च भएको पन्थीको भनाइ रहेको छ।

    भूमिकास्थान नगरपालिकाले चालुमा ९३.३२, पुँजीगत ६७.४७ प्रतिशत गरेको छ भने पाणीनि गाउँपालिकाले चालुतर्फ ९२.८० प्रतिशत र पुँजीगत तर्फ ६९.४३ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक शालिकराम पौडेलले जानाकारी दिए।

    जिल्लामा कुल चार अर्बको चालु बजेट रहेकोमा तीन अर्ब ७२ लाख खर्च भएको र पुँजीगततर्फ एक अर्ब ४९ लाख मध्ये एक अर्ब ३४ लाख खर्च भएको पौडेलको भनाइ रहेको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]