काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
सुर्खेत : असार महिना सकिदा पनि कर्णाली प्रदेशमा ६६ प्रतिशत मात्रै रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ।
डोल्पा र जुम्लामा भने रोपाइँ सम्पन्न भएको छ। तर पनि पहाडी क्षेत्रमा भने पानी नपर्दा रोपाई हुन सकिरहेको छैन्। खाद्यान्न कम उत्पादन हुने कर्णाली प्रदेशमा आवश्यकता अनुसार पानी नपर्दा धान तथा बर्षे बालीको उत्पादन कम हने भन्दै कर्णालीहरु चिन्तामा परेका छन्। कर्णाली प्रदेशमा अझै ३४ प्रतिशत रोपाइँ हुन बाँकी छ।
क्षेत्रीय कृषि निर्देशनालयका अनुसार सुर्खेत र दैलेखमा १ तिहाई मात्र रोपाइँ भएको छ। यसैगरी हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको छ।
अघिल्लो वर्षको यही अवधिमा कालीकोटमा ७०, हुम्लामा नौ, मुगुमा ६५, दैलेखमा ४५, सुर्खेतमा ४०, रुकुममा ७०, सल्यानमा ७८ र जाजरकोटमा ८० प्रतिशत तथा डोल्पा र जुम्लामा शत प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए।
अबको केही दिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना देखीएको छ। पानी नपर्दा अहिले ब्याडमै बीउ सुक्न थालेको छ। कर्णाली प्रदेशको धेरै ठाँउमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।