समाज

पर्वतमा पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते

साउन २, २०७५

    पर्वत : जलजला गाउँपालिका–८ लस्तीको बरनेटामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा बेपत्ता भएका १६ वर्षीय विकास परियार मृत अवस्थामा भेटिएका छन्।

    लस्तीकै अर्को स्थानमा पहिरोले चार घर बगाएको र त्यसमा परी ६ जना बेपत्ता रहेकोमा पाँच जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दीलिप घिमिरेले जानकारी दिए। पहिरोको खतरामा रहेका सोही ठाउँका अन्य १६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

    उद्धारको लागि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बिहानै घटनास्थलमा हिँडे पनि कुश्मा–बेनी सडकखण्डका धेरै ठाउँमा पहिरो खसेका कारण ढिलो गरी घट्नास्थलमा पुगेका छन्।

    डोजरको प्रयोग गरी बाटो एकतर्फी खुलाएसँगै जलजला गाउँपालिका–६, धाइरिङमा पहिरोमा परी घाइते भएकाहरुलाई उपचारका लागि बाग्लुङ लगिएको छ। धाइरिङको बास्कोटमा भीमलाल आचार्यको घर भत्किँदा आचार्य हित नारायणी आचार्य र कुल्पीदेवी आचार्य घाइते भएका छन्। उनीहरुको मेरुदण्ड र टाउकोमा चोट लागेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]