समाज

वर्षाले बाटो बिग्रिँदा यातायात ठप्प

साउन २, २०७५

    जाजरकोट :  सदरमुकाम खलंगाबाट विभिन्न ठाउँमा अावतजावत गर्ने सवारी साधन वर्षाका कारण ठप्प भएका छन्। भेरी नगरपालिकाको पासागाड खोलामा पानीको मात्रा बढेको र भेरी नगरपालिका– ४ मा पहिरोले सडक भत्काएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।

    नेपालगञ्ज र सर्खेतबाट आएका यातायातका साधन मटेलामा रोकिएका जाजरकोट प्रहरी प्रमुख रवीन्द्रवहादुर सिंहले जानकारी दिए। खलंगाबाट बाहिरिने यातायातका साधन शान्तिचौतारामा रोकिएको छ। खलंगाबाट रिम्ना जाँने सडकअन्तर्गत नयाँ सडकमा पहिरोको जोखिम बढेपछि हलुका सवारी साधन मात्र जान र आउन दिइएको छ।

    बढी तौल भएका यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै जिल्लाका आन्तरिक सडकहरु पनि ठप्प भएका छन्। पानी पर्न नरोकिएका कारण खलंगादेखि पाँचकाटियासम्मको सडकसमेत अवरुद्ध भएको छ। 

    त्यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत कुदुदेखि कार्कीगाउँसम्मको सडकसमेत अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेकाले काम गर्न समस्या भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। पहिरो पन्छाउन समेत बजेटको अभाव हुँदा समस्या भएको उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]