समाज

भिटोफ नेपालको अध्यक्षमा थापाको दाबी

साउन २, २०७५

    काठमाडौं : गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफनेपाल) मा नयाँ नेतृत्व चुनिने भएको छ। शनिवार हुने साधारणसभामार्फत नयाँ नेतृत्व चुनिन लागेको हो। नयाँ नेतृत्वको लागि आकांक्षीहरुबीच तीव्र लविङ सुरु भएको छ।

    एक दर्जन आकांक्षीहरुले नयाँ नेतृत्व सम्हाल्न दाबी प्रस्तुत गरिसकेका छन्। दर्जन मध्ये नयाँ अध्यक्षका लागि सशक्त दाबेदारका रूपमा भिटोफ नेपालका पूर्व महासचिव राजकुमार थापा देखिएका छन्। अध्यक्षका लागि उनले यसअघि पनि दाबी गरेका थिए।

    तर, हालका अध्यक्ष रामप्रसाद सापकोटालाई सर्वसम्मत नेतृत्व चयन गराउने मञ्चको निर्णयपछि उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए। पूर्वअध्यक्ष चित्र हादुर गुरुङको नेतृत्वको समयमा थापा महासचिव थिए।

    अध्यक्षका लागि दर्जन आकांक्षीमध्ये थापालगायत ६ जना मैदानमा छन्। अन्य आकांक्षीहरुमा भिटोफ नेपालका प्रथम उपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान उपाध्यक्षद्वय राम घले, दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डे रहेका छन्। साधारणसभाले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]