समाज

भरतपुरका राजमार्गमा तीनपांग्रे सवारी साधन सञ्चालनमा रोक

साउन २, २०७५

    चितवन : भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ बाट लागु हुने गरी मुख्य सडक क्षेत्रमा तीन पांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन्। 

    सडकमा बढ्दो सवारी चाप र दुर्घटना कम गर्न इ–रिक्सा, अटो­रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको प्रमुख दाहालले बताइन्। महानगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीन पांग्रे सवारी सञ्चालन रोक लगाइएको हो। भित्री सडकबाट अन्यत्र जानका लागि भने वारपार गर्न निश्चित क्षेत्र तोकिएको महानगरपालिकाले जनाएको छ।

    यसअघि पार्किङ व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा महानगरपालिका सफल भएको दावी गर्दै प्रमुख दाहलाले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालका लागि यो निर्णय महत्त्वपूर्ण हुने बताइन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमलले जिल्लामा यस्ता तीनपांग्रे सवारीसाधन करिब तीन हजारको हाराहारीमा रहेको जानकारी दिए। पछिल्ला समयमा साना सवारीसाधनका कारण दुर्घटना बढेको र तीनपांग्रे सवारीसाधनका चालक दुर्घटनापछि धेरैजसो भाग्ने गरेको स्मरण गराए। एउटै चालकले पटकपटक नियम उल्लंघन गरेको फेला परेको समेत प्रहरीको भनाइ छ। 

    चालु आर्थिक वर्षमा नियम उल्लंघन गर्ने तीन हजार ८७३ तीनपांग्रे सवारीसाधनका चालक कारवाहीमा परेको तथ्यांक छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]