काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा उप...
काठमाडौं : १९ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीले कर्मचारीस्तरको वार्ताको औचित्य नभएको हुनाले मन्त्रीस्तरबाट वार्ता गर्नुपर्ने माग राखेका छन्।
केसी पक्षसँग वार्ता गर्न सरकारले शिक्षा सचिव डा. खगराज बरालको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीसहित तिनजनाको समिति बनाएको छ।
तीन दिन अघिदेखिको वार्ता भए पनि ठोस निकास निस्कने दिशामा अघि नबढेको भन्दै डा. केसीले बुधबार एक विज्ञप्ति निकाल्दै मन्त्रीको अगुवाइमा वार्ता गर्न चाहेको बताएका छन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले हामीसँग प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको तथा आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरू मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको। त्यसैले वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं। त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं। '
तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा. केसी गत असार १६ गतेदेखि जुम्ला पुगेर १५औँपटक अनशन बसिरहेका छन्। अनशनको १९औँ दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइँदै आइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।