मनोरञ्जन

'सुश्री सम्पति' गीतमा सलोन, सारा र विनोदको नृत्य

साउन २, २०७५

    काठमाडौं : फिल्म सफल हुनमा गीत संगीतको ठूलो महत्व हुन्छ। त्यही बुझेर निर्माता निर्देशकले पनि आफ्नो फिल्मको गीतलाई राम्रो बनाउने प्रयास गरिरहेका हुन्छन्। गीतकै माध्यमबाट फिल्मको प्रचारप्रसारलाई पनि सहयोग हुने भएकाले गीतको निर्माणमा विषेश ध्यान दिन थालिएको छ।

    भदौ २२ मा प्रदर्शन हुने फिल्म ’सुश्री सम्पति’ युनिटले पनि आफ्नो गीतलाई केही फरक गर्ने कोसिससहित अहिले धमाधम एक गीतको छायांकन गरिरहेको छ। फिल्ममा समावेश ’हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरूसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोसाक पनि त्यहीअनुरूप तयार गरिएको छ। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राइको स्वर रहेको छ।झन्डै ८० भन्दा बढी कोरससहित छायांकन गरिरहेको यस गीतको भिडियोमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड छन्। भिडियोमा गम्भीर बिस्टको नृत्य निर्देशन रहेको छ। गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन्। फिल्मका छायांकार भने अर्जुन तिवारी हुन्।

    सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस फिल्मको गीत पाटन दरबारलगायतको रमणीय दृश्यमा छायांकन भइरहेको छ। फिल्ममा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतको पनि अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्।रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैँले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद रहने फिल्मको पटकथा अभिमन्युकै रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]