राजनीति

प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाउनुपर्छः अर्थमन्त्री

साउन २, २०७५

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाउन जोड दिइएको स्पष्ट पारेका छन्।

    अर्थमन्त्री खतिवडाले मुलुकको उत्पादकत्व बढाउनका लागि सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहँुच बढाउने विषयलाई सरकारले बजेटमार्फत् जोड दिएको पनि स्मरण गराए। बुधबार प्रवासी नेपाली मंच, अमेरिकाले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समावेशी समृद्धिका लागि सम्भावना र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्रविधिमा सबै नागरिकको पहुँच वृद्धि गरेर मात्रै मुलुकलाई विकाशशील राष्ट्रको सूचिमा पु¥याउन ढिलाई नहुने धारणा पनि राखे।

    अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेकाले बजेट तथा नीति र कार्यक्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको तर्क गरे।
    कार्यक्रममा बोल्दै अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह–प्राध्यापक डा. सतिश देवकोटाले नेपालको समृद्धिका लागि तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले सुशासनको मात्रा बढाउन सके नेपालको समृद्धिका लागि आवश्यक लगानी आफैं भित्र्ने दावी पनि गरे।

    सह–प्राध्यापक देवकोटाले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन तत्कालका लागि करिव २२ प्रतिशत पूँजी अभाव हुने प्रक्षेपण पनि गरे।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]