समाज : सुरक्षा/अपराध

आइजिपीको संगठन सुधार योजना: ३१ करोड बढीको 'वाटर क्यानन' ल्याइँदै

साउन २, २०७५

    काठमाडौं : नेपाल प्रहरीले चालु आर्थिक वर्षभित्रै सातवटा प्रदेश प्रहरी कार्यलयका लागि अत्याधुनिक सुविधासहितको पानीको फोहरा फाल्ने गाडी (वाटर क्यानन) खरिद गर्ने भएको छ।

    लामो सययसम्म खरिद हुन नसकेको वाटर क्यानन प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल भएसँगै यो प्रक्रियाले पूर्णता पाएको हो। खरिद हुन लागेको वाटर क्याननले पानीको फोहरा फाल्नुका साथै लामो दूरीसम्म टियर ग्यास पनि हान्ने प्रहरीले जनाएको छ। मोबिलाइजेन (घुमाउन मिल्ने) हुने उक्त गाडीले लन्चरसमेत फाल्ने प्रहरीको भनाइ छ।

    प्रहरी स्रोतका अनुसार प्रतिवाटर क्याननको मूल्य चार करोड पचास लाखभन्दा बढी पर्ने अनुमान गरिएको छ। वाटर क्यानन खरिद गर्न आर्थिक वर्षको बजेटमा नपरे पनि आइजिपी खनालको पहलमा गृह मन्त्रायमार्फत सरकाले उक्त रकम उपलब्ध गराएको हो। वाटर क्यानन आएपछि स्थानीय प्रशासन ऐन २०२८ ले तोकेअनुसार भिड नियन्त्रणमा प्रहरीलाई सहज हुनेछ।

    हालसम्म नेपाल प्रहरीसँग यस्तो प्रकारको आधुनिक वाटर क्यानन छैन। वाटर क्याननकै अभावका कारण आन्दोलन नियन्त्रण गर्न प्रहरीलार्इ समस्या हुने गरेकाे र अब त्याे समस्या हट्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलको भनाइ छ।

    यस्तो प्रकारको वाटर क्यानन नहुँदा भिड नियन्त्रण गर्दा प्रहरीले रबरको गोली र हवाई फाइरिङको प्रयोग गर्ने गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]