राजनीति

चिकित्सा शिक्षा विधेयक फिर्ता लिन थापाको माग

साउन २, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन्।

    काँग्रेस नेता थापाले सरकारले हाल संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास पनि व्यक्त गरे।  बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरुको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे। 

    उनले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जब्र्बजस्त काठमाडौं ल्याउन चाहेको आरोप पनि लगाए।

    काँग्रेस नेता पौडेलले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान  अवसर दिन नचाहेको पुष्टि भएको दावी पनि गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]