समाज

अवैध उत्खनन् गर्ने चार पक्राउ

फाइल फोटो
साउन २, २०७५

    बागलुङ : अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ। कालिगण्डकी नदीको दव्ल्याङ किनारमा रातिको समयमा गिट्टि, बालुवा तथा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले बागलुङको ताराखोलाका २४ वर्षीय पृथ्वी खत्री, मकवानपुर जिल्ला हेटौँडा उप–महानगरपालिकाका २५ वर्षीय विजय लामा र २६ वर्षीय वीरबहादुर लामा तथा मकवानपुरकै बिरुवा गाउँपालिकाका १९ वर्षीय भीमबहादुर थापालाई नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक विश्वराज सिंह थापाले बताए। रातको समयमा स्काभेटरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गरिरहेको सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थापाले बताए।

    उनीहरूको जिल्ला प्रसासन कार्यालयबाट सार्वजनिक अपराधको मुद्दामा म्याद सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नदीजन्य पदार्थको अवैध उत्खनन् भएको भन्दै बेला बेलामा चर्चा हुने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]