खेलकुद

ऐतिहासिक यात्राका लागि नेपाली टिमको बिदाइ

साउन २, २०७५

    काठमाडौं : नेपाल पहिलो एकदिवसीय तथा त्यसअघि लर्डसमा हुने टी–२० त्रिकोणात्मक श्रृखंलाका लागि बिहीबार बेलायत प्रस्थान गर्दै छ। लन्डन जाने टिमलाई बुधबार औपाचारिक बिदाइ गरिएको छ।  युुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले टोलीको बिदाइ गर्दै सफलताको शुभकामना दिए।

    नेपालले टी–२० श्रृंखला २९ जुलाईमा लर्डस  तथा  नेदरल्यान्ड्चमा १ र ३ अगस्टमा पहिलो ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ। नेपाली टिमको बिदाइ समारोहमा भेट्रान स्पिनर शक्ति गौचनले औपचारिक संन्यासको घोषणा गरेका थिए।

    कप्तान पारस खड्काले शक्ति जस्ता खेलाडीको योगदानले नै नेपालले ठूलो सफलता हासिल गरेको भन्दै उनी जस्ता खेलाडी नेपाली क्रिकेटले सधैँ सम्झने बताए। 
    संन्यास घोषणाका क्रममा शक्तिले , ‘मैले एक दिवसीय खेलेर संन्यास लिने अवसर पाएको छु, नयाँ आउने खेलाडीले टेस्ट खेलेर संन्यास लिने दिन देख्न पाइयोस्।’ पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]