समाज

रुकुम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ घाइते

दुईजनाबाहेक सबैको सनाखत

साउन २, २०७५

    रुकुम : रुकुम पूर्वमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा रुकुम पुथा उत्तरगंगा गाउँपालिकाकी ३० वर्षीय सालेना बर्ना, काठमाडौंकी २२ वर्षीया ललिता परियार, पुथा उत्तरगंगा गाउँपालिका-१ का ३५ वर्षीय कुमार पुन र सोही गाउँका ३१ वर्षीय बुद्धिराज पुन रहेका छन्।

    दुर्घटनामा मृत्यु भएका अन्य एकजना पुरुष र एकजना महिलाको सनाखत भएको छैन। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेको र जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ।

    रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ गइरहेको लु१ज, २५७३ नम्बरको जिप सिस्ने गाउँपालिका ५, घारापानी नजिकैको सडकबाट १ सय मिटर तल खसेको थियो। वर्षातका कारण बाटो चिप्लो रहेको कारण गाडी दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

    रुकुममा जिप दुर्घटना चारजनाको मृत्यु 
     

मेगराज खड्का

इमेल : sancharkarmi.megraj@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]