विश्व

उत्तर कोरियाको निशस्त्रीकरणका लागि हतार छैन : राष्ट्रपति ट्रम्प

साउन २, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताएका छन्। उनले भने, 'मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ।' यसका लागि कुनै समय सीमा नराखिएको पनि उनले स्पष्ट पारेका छन्। राष्ट्रपति ट्रम्पले सम्वाददाताहरूसँग भने, 'यसका लागि आवश्यक परामर्श र सरसल्लाहहरू भइरहेका छन्, उत्तर कोरियाले गरिरहेका कामहरू सकारात्मक मोडमै छन्।'

    उनले हेल्सिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा सो जानकारी गराएको पनि सम्वाददाताहरूले जनाएका छन्। उनले राष्ट्रपति पुटिनलाई आफूले उत्तर कोरियाली नेता किम जोङ उनसँग यस विषयमा बारम्बार फोनमा पनि सम्वाद गर्ने गरेको जानकारी गराए। राष्ट्रपति ट्रम्पले भने 'रुसी राष्ट्रपति पुटिन सधैँ हाम्रो साथमा हुनुहुन्छ, यो प्रक्रियालाई उहाँले सधैँ सहयोग नै गर्नुहुनेछ।'

    अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत जुन १२ मा सिंगापुरमा वार्ता भएको थियो। सो उच्चस्तरीय वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले आफूले निशस्त्रीकरणको सिद्धान्त अपनाउने र आणविक परीक्षणको काम अब नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    तर यसप्रति अमेरिकीहरूले प्रश्न गर्ने गरेका छन्। उनीहरूले उत्तर कोरियाले भनेजस्तो काम नगर्ने भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्। उनीहरूले बिनाकुनै समय सीमा निशस्त्रीकरण गर्ने भनेर मात्र उत्तर कोरियाले टारेको भन्दै यसबाट अमेरिकालाई धोका हुन सक्ने बताएका छन्।

    अधिकांश अमेरिकी सञ्चारले पनि उत्तर कोरियाले निशस्त्रीकरणको कार्यक्रम कहिलेसम्म गर्ने हो त्यसको समय आवश्यक पर्ने बताएका छन्। यसै जिज्ञासाको जवाफमा राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो। राष्ट्रपति ट्रम्पले भने सिंगापुर वार्तादेखि नै उत्तर कोरियाले निशस्त्रीकरण गर्नेमा आफू विश्वस्त रहेको बताउँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]